मेसीको गोल, इन्टर मियामीको पुनरागमन जित

17 Mar, 2025

मेजर सकर लिगमा इन्टर मियामीले पुनरागमन जित निकालेको छ। सोमबार बिहान भएको खेलमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै इन्टर मियामीले एट्लान्टा युनाइटेडमाथि २–१ को जित निकाल्यो।

खेलमा इमालुअल लाटे लाथले ११औं मिनेटमा गोल गर्दै एट्लान्टालाई सुरुआती अग्रता दिलाए। तर, २०औं मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै मियामीलाई खेलमा फर्काए।

पहिलो हाफ १–१को बराबरीमा सकिएको खेलमा निर्धारित समय सकिनैलाग्दा मियामीले खेलमा अग्रता बनायो। ८९औं मिनेटमा फाफा पिकाविल्टले जोर्डी अल्बाको पासमा गोल गरेका थिए।

त्यसपछि गोल नहुँदा मियामी २–१ले विजयी भयो। लिगमा मियामीको चौथो खेलमा तेस्रो जित हो। पराजित रहेको ऊ १० अंकसहित शीर्ष स्थानमा छ। एट्लान्टा ४ अंकहित १४औं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]