एट्लान्टा रोकिँदा इन्टर सिरि ए च्याम्पियन

इटालियन सिरी एको उपाधि इन्टर मिलानले जितेको छ। आइतबार राति भएको खेलमा दोस्रो स्थानको एट्लान्टा ससुओलोसँग १–१ गोलको बराबरीमा रोकिएपछि इन्टर मिलान च्याम्पियन बनेको छ ।

लिगका चार खेल बाँकी रहँदा इन्टरले शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ। उसको ८२ अंक छ भने दोस्रो स्थानको एट्लान्टाको ६९ अंक छ।

योसँगै इन्टरले ११ वर्षपछि सिरि ए उपाधि उचाल्यो । अन्तिम पटक उसले सन् २०१० मा लिग उपाधि जितेको थियो।

योसँगै इन्टरले सिरि एमा ११ वर्षदेखिको युभेन्ट्सको एकाधिकार पनि अन्त्य गरेको छ। सन्२०१० पछि युभेन्ट्सले लागातार उपाधि जितेको थियो।

इन्टर मिलान सिरि एको दोस्रो सफल क्लब बनेको छ। उसले १९ पटक लिग उपाधि जितेको छ। सिरि ए उपाधि सर्वाधि जित्ने टिम युभेन्ट्स हो, उसले ३६ उपाधि जितेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.