सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

बायर्नलाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

जर्मन क्लब बायर्न म्युनिखमाथि समग्रहमा ४–३ को जित निकाल्दै इन्टर सेमिफाइनलमा प्रवेश गरेको हो। पहिलो लेग २–१ जितेको इन्टरले दोस्रो लेग २–२को बराबरी खेलेको थियो

इन्टर मिलान सन् २०२३ पछि पहिलो पटक सेमिफाइनलमा पुगेको हो।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा ५२औं मिनेटमा ह्यारी केनको गोलमा बायर्नले अग्रता लियो । र, खेललाई समग्रमा २–२को बराबरीमा ल्यायो। तर, ५८औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए।

६१औं मिनेटमा बेन्जामिन पभार्डले गोल गर्दै इन्टरलाई खेलमा २–१को अग्रता र समग्रमा ४–२को अग्रता दिलाए। ७६औं मिनेटमा इरिक डायरले गोल गर्दै बायर्नलाई पुनः खेलमा फर्काउनले प्रयास गरे। तर, त्यसपछि गोल नहुँदा बायर्न पराजित भयो ।

इन्टरले यो सिजन च्याम्पियन्स लिगमा १० खेलमा २२ गोल गरेको छ, जसमा लाउटारो मार्टिनेजले १० गोल गरेका छन्। इन्टर अहिले सिरी ए मा पनि शीर्ष स्थानमा छ।

इन्टरले अब सेमिफाइनलमा बार्सिलोनाको सामना गर्नेछ।

1.3Kशेयर