युरोकपमा डिफेन्डिङ च्याम्पियन इटालीको जित

16 Jun, 2024

डिफेन्डिङ च्याम्पियन इटालीले युरोकप २०२४मा विजयी सुरुआत गरेको छ। शनिबार राति भएको खेलमा इटालीले अल्बानियामाथि २–१को पुनरागमन जित निकाल्यो।

खेलमा इटालीका लागि अलेसान्ड्रो बास्टोनी र निकोलो बरेलाले गोल गरेका थिए भने अल्बानियाका नदिम बज्रामीले गोल गरेका थिए।

खेलको पहिलो मिनेटमै बज्रामी गोल गर्दै अल्बानियालाई अग्रत दिलाए। तर, ११औं मिनेटमा बास्टोनीले इटालीका लागि बराबरी गोल गरे।

त्यसपछि १६औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई २–१को अग्रता दिलाए। तर, त्यसपछि गोल नहुँदा इटाली विजयी भयो।

प्रतियोगितामा आज तीन खेल हुनेछन्। जसमा साँझ ६ः४५मा नेदरल्यान्ड् र पोल्यान्ड, ९ः४५मा डेनमार्कल स्लोभेनियाको सामाना गर्दा राति १२ः४५मा इंग्ल्यान्डले सर्बियाको सामाना गर्ने छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]