इटहरी गोल्डकपको उपाधिका लागि मच्छिन्द्र र सगरमाथा युथ भिड्दै

22 Feb, 2025
Share:
117 Shares

१५औँ संस्करणको इटहरी गोल्डकपको उपाधिका लागि आज मच्छिन्द्र क्लब र सगरमाथा युथ क्लब मोरङ भीड्दै छन्।

सगरमाथा युथ क्लबले क्वाटर फाइनलमा न्यूरोड टिम (एनआरटि) र सेमिफाइनलमा धरान फुटबल क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै मच्छिन्द्रले क्वाटरफाइनलमा झापा फुटबल क्लब र सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) भारतलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।

शुक्रवार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक तथा टिम कप्तानहरूले खेल आफूले जित्ने दाबी गरेका छन्।

दुई पटकको उपाधि विजेता सगरमाथा युथ क्लब आफ्नो जीतलाई ह्याट्रिक बनाउने योजनामा रहँदा मच्छिन्द्र क्लब पनि पहिलो पटक फाइनल खेल खेल्दै उपाधि जितेर इतिहास बनाउने रणनीतिमा छ।

प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ।