रोनाल्डो चम्किँदा युभेन्ट्सको पुनरागमन जित

पोर्चुगिच स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि इटालियन सिरी एमा युभेन्ट्स विजयी भएको छ । आइतबार राति भएको खेलमा रोनाल्डोको दुई गोल मद्दतमा युभेन्ट्सले उडिनेसलाई १ गोलले पछि परेको अवस्था उल्टाउँदै २–१ले हरायो।

घरेलु मैदानमा खेलमा अग्रता पनि उडिनेसले नै लियो । १०औं मिनेटमा मोलिनाले गोल गर्दै उडिनेजेलाई सुरुआती अग्रता दिलाए। तर, दोस्रो हाफको अन्तिम १० मिनेटभित्र युभेन्ट्सले दुई गोल फर्कायो, पुनरागमन जित रच्यो।

८३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई १(१ गोलको बराबरीमा फर्काए। त्यसपछि खेलको ८९ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २–१ को जित दिलाए ।

जितसँगै युभेन्ट्सले ३४ खेलमा ६९ अंक जोडेको छ । युभेन्ट्स तेस्रो स्थानमा रहेको छ । उडिनेस ३९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.