किरण चेम्जोङ अर्थोप्लास्टका ब्रान्ड एम्बासडर

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ अर्थोप्लास्टको ब्रान्ड एम्बासडर बनेका छन् । अर्थाेप्लास्टले रिह्याबलिटेसन सेन्टरले किरणलाई एक वर्षका लागि ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो ।

शनिबार आयोजित एक कार्यक्रमबीच किरण र अर्थाेप्लास्टका प्रबन्ध निर्देशक हरि तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार किरण र उनको परिवारका सदस्यलाई अर्थोप्लास्टले एक वर्षमा २ लाख रुपैयाँ बराबरको आफ्नो सेवा उपलब्ध गराउने छ ।

ब्रान्ड एम्बासडर घोषणा कार्यक्रममा प्रबन्ध निर्देकशक तामाङले खेलाडीहरुलाई फेजियोथेरापीलागयत अन्य सेवामा १० देखि ३० प्रतिशत छुट दिने घोषणा गरे । उनले भलिबल खेलाडी प्रतिभा माली र बास्केटबल खेलाडी सविता खड्काले घुँडाको सल्यक्रिकयापछि अहिले अर्थाेप्लास्टमा फिजियोथेरापी गराइरहेको बताए ।

किरण मलेसियाको इनर्जी ड्रिंग्स ‘हन्ड्रेट प्लस’को नेपालका लागि ब्रान्ड एम्बासडर पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *