एन्फा प्रवक्तबाट राजीनामा दिँदै किरण राईले भने– नेपाली फुबटल बचाउन एन्फाको चुनाव चाँडै गरौं

Read Time:2 मिनेट

अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ताबाट राजीनामा दिएपछि पत्रकार सम्मेलन गर्दै किरण राईले नेपाली फुटबललाई बचाउन चाँडै एन्फाको निर्वाचन गर्नुपर्ने बताएका छन् । सोमबार मध्यान्ह एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा बुझाएका राईले दिउँसो एन्फा कम्प्लेक्समा पत्रकार समेल्लने गर्दै अहिले देखिएको विवाद समाधान गर्न एन्फको ‘अर्ली इलेक्सन’ गर्नुपर्ने बताए।

‘‘अब नेपाली फुटबलको शक्ति संघर्षलाई यो विवादलाई समाधान गर्न एन्फाको अर्ली इलेक्सन गर्नुपर्छ’ उनले भने, ‘एन्फको शक्ति संघर्ष हाम्रो हातमा रहेन । त्यसैले अर्ली इलेक्सन गर्नुपर्छ । यो नगरे समस्या समाधान हुने देखिन्न ।’

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको राजीनामा घोषणा गरेपछि एन्फामा अहिले नयाँ विवाद देखिएको छ । राईले आफ्नो राजीनामा उक्त घटनासँग पनि सम्बन्धित भएको पत्रकार सम्मेलनमा बताए । ‘पछिल्लो समय नेपाली फुटबलमा जे भइरहेको छ नराम्रो भइरहेको छ । यसले गम्भीर बनाएको छ । केन्द्रीय सदस्यको रुपमा बोल्न नपाएकाले प्रवक्ताबाट राजीनामा दिएको हुँ,’ उलने भने।

राईले पत्रकार सम्मेलनमा प्रशिक्षक अबदुल्लाह अलमुताइरीले गरेको राजीनामा घोषणाबारे एन्फा कार्यसमितिको आकस्मिक बैठकको निर्णयमा पनि आफ्नो आपत्ति रहेको बताए । उनले प्रशिक्षक र उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवादको छानविन एन्फा भित्रैबाट हुनुपर्नेमा युवा तथा खेलकुद मन्त्रालयमा पठाएकामा उनले असन्तुष्टी जनाएका हुन् ।

पछिल्लो समय एन्फा कार्यसमिति दुई खेमामा बाँडिदा तटस्थ देखिएका राईले केन्द्रीय सदस्यको भूमिकामा फुटबलमा सक्रिय भएर लाग्नका लागि राजीनामा दिएको बताए। उनले आफू अगाडि कुनै खेमामा पनि नजाने भन्दै आफूसँग सहीलाई सही र गलतलाई गलत भन्नसक्ने हैसियत भएको दाबी गरे।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अस्ट्रेलियालाई हराउँदै स्वीडेन महिला फुटबलको फाइनलमा, स्वर्णका लागि क्यानडा भिड्ने
Next post ‘अल्मुताइरी राजीनामा प्रकरण’को छानविन राखेपले गर्ने
Close