एपीएफलाई टाइब्रेकर हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा, नायक बने गोलपिकर दीप

25 Feb, 2025
Share:
117 Shares

संकटा क्लब जारी केपी ओली कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलकार बिहान सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई टाइब्रेकरमा ५–३ले हराउँदै संकटा क्लब सेमिफाइनलमा पुगेको हो।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। एपीएफका सुजन पुलामीको प्रहारलाई संकटाका गोलकिपर दिप कार्कीले असफल पार्दै टोलीलाई जित दिलाए।

अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।