केपी ओली कप फागुन ११ देखि, विजेतालाई १५ लाख

22 Feb, 2025

राष्ट्रिय युवा संघ नेपालले तेस्रो संस्करणको रुपमा ‘केपी ओली कप २०८१’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । फागुन ११ देखि १९ गतेसम्म प्रतियोगिता आयोजना हुने भएको छ।

आयोजक युवा संघका अनुसार प्रतियोगिताका क्वाटरफाइनलसम्मका एन्फा कप्लेक्स सातदोबाटोमा हुनेछ भने सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछ। अहिले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप चलिरहेकाले प्रतियोगिता सुरुआती खेल एन्फा कम्प्लेक्समा हुने भएको हो।

प्रतियोतिगामा नेपालका ७ र दुई विदेशी गरी कुल ९टिम सहभागी हुनेछन्। एपीएफ एफसी, ब्ल्याक बुल्स एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, न्युरोड टिम, मच्छिन्द्र एफसी, एफसी ट्रान्सपोर्ट युनाइट तथा आयोजकको टिम केपी एफसीले सहभागीता जनाउने छन्।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ रुपैंयाँ पाउने छ भने पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिने छ।
प्रतियोगिताका खेलहरू कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]