ला लिगा सुरु, पहिलो दिनका दुवै खेल बराबरीमा

16 Aug, 2024

स्पेनिस ला लिगाको नयाँ सिजन शुक्रबार रातिबाट सुरु भएको छ। लिग सुरु भएको दिन दुई खेल भए, दुवै खेल बराबरीमा सकिए।

उद्घाटन खेलमा एथ्लेटिक बिल्बाओ र गेटाफे भीडे भने दोस्रो खेलमा रियल बेटिसले जिरोनाको सामाना गर्‍यो। दुवै खेलको नतिजा समान रह्यो, १–१को बराबरी।

विल्बाओको मैदान भएको पहिलो खेलमा अग्रता पनि उसले नै लियो। २७औं मिनेटमा ओइहन सनसेटले गोल गर्दै टिमलाई अग्रता दिलाए। तर, ६४औं मिनेटमा क्रिसान्टुस उचले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि गोल नहुँदा खेल बराबरीमा सकियो।

अर्को खेलमा रियल बेटिस र जिरोनाले पनि १–१ कै बराबरी खेले। घरेलु मैदानमा अग्रता बेटिसले लियो। छैठौं मिनेटमा उसका मार्क बात्राले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए। ७२औं मिनेटमा ग्यब्रियल मिसेहोइले गोल गर्दै जिरोनालाई हारबाट जोगाए।

अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिग तेस्रो स्थानमा सकाउँदै जिरोना च्याम्पियन्स लिगमा छनोट भएको थियो। तर, उसले नयाँ सिजनको सुरुआत भने राम्रो गर्न सकेन।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]