ललितपुर सिटी एफसीको जर्सी १ लाख १५ हजारमा बिक्यो

21 Mar, 2025
Share:
117 Shares

नेपाल सुपर लिग टिम ललितपुर सिटी एफसीको एउटा जर्सी १ लाख भन्दा बढीमा बिकेको छ।

बिहीबार भएको जर्सी अनावरण कार्यक्रममा अक्सनमार्फत ललितपुरको जर्सीको १ लाख १५ हजार रूपैयाँमा बिक्री भएको हो।

इंग्ल्याण्ड तथा म्यानचेष्टर युनाइटेडका पूर्वडिफेण्डर रियो फर्डिनान्डले हस्ताक्षर गरेको उक्त जर्सी सरोज कार्कीले १ लाख १५ हजारमा किनेका हुन्। जर्सीको बेस प्राइज ५० हजार थियो।

ललितपुरले तेस्रो सिजनको लागि मुख्य प्रशिक्षकमा अनुभवी साइमन ग्रेसनलाई अनुबन्ध गरेको थियो । ग्रेसनमार्फत नै फर्डिनान्डलाई क्लबको जर्सी हस्ताक्षर गराएर ल्याइएको हो ।

ललितपुर एनएसएलको डिफेन्डिङ च्याम्पियन हो । यो पटक ललितपुरमा अन्नत तामाङ मार्की खेलाडीका रूपमा छन्।

यस्तै टिममा सनिश श्रेष्ठ, मनिकुमार लामा, आदित्य शाक्य, सन्तोष खत्री, नवीन लामालगायत खेलाडी छन्। उसले वसलेशी खेलाडीका रूपमा प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्टिलाना, हाइटीका फरवार्ड केर्भेन्स बेलफोर्ट, सेनेगलका पापे देकितेलाई अनुबन्धन गरेको छ।