ललितपुर सिटीलाई चिभासको साथ

नेपालमा पहिलो पटक आयोजना हुने लागेको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को टिम ललितपुर सिटी एफसीलाई चिभास रिगलले प्रायोजन गर्ने भएको छ।

वैशाख ११ देखि जेठ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने एनएसएलका लागि चिभास रिगल ह्विस्की ललितपुर सिटीको मुख्य प्रायोजक बनेको हो। भाटभटेनी सुपर मार्केटको स्वामित्वमा रहेको ललितपुर सिटीले आफ्नो सामाजिक संजाल मार्फत मुख्य प्रायोजक र सह प्रायोजकबारे जानकारी गराएको हो ।

ब्रिटेनिया र फाष्ट फुट रेष्टुरेन्ट कम्पनी (केएफसी) पनि ललितपुर सिटीसँग जोडिएका छन्। यी दुवै कम्पनी एनएसएलमा ललितपुरको सह–प्रायोजक रहने छन्।

अन्जन विष्ट मार्की खेलाडी रहेको ललितुरको प्रशिक्षकमा प्रदीप हुमागाईं छन् । ललितपुरमा मिक्छेन तामाङ, नविन लामा, कमल श्रेष्ठ, एरिक विष्ट, विमल राना, गौरव बुढाथोकी र अर्पन कार्की छन्। ललितपुरले आफ्ना विदेशी खेलाडी रुपमा क्रोयसियन स्ट्राइकर भिलिम पोसिन्कोभिक र अजरबैजानका नुर्लानलाई भित्राइसकेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको एनएसएलमा सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

ललितपुरले वैशाख ११ गते हुने उद्घाटन खेलमा काठमाडौं रेजर्सको सामना गर्नेछ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.