लामिन यमालले स्पेनिस सुपर कप गुमाउने

16 Dec, 2024
Share:
117 Shares

बार्सिलोनाका युवा विंगर लामिन यमालले स्पेनिस सुपर कप गुमाउने भएका छन्।

ला लिगा अन्तर्गत आइतबार राति भएको लेगानेसविरुद्धको खेलका क्रममा घाइते भएपछि यमालले स्पेनिस सुपर कप गुमाउने भएका हुन्।

लेगानेसका डिफेन्डरको ट्याकलका कारण यमालको दायाँ खुट्टाको कुर्कुचामा चोट लागेको छ। चोटका कारण उनले लेगानेसविरुद्धको खेल ७५औं मिनेटमा छाडेका थिए।

सोमबार बिहान गरिएको स्क्यानपछि यमाल ३–४ साता मैदान बाहिर रहेन पक्का भएको बार्सिलोनाले जनाएको छ।

सुपरकप जनवरी ८–१२ सम्म साउदी अरेबियामा हुँदै छ। जहाँ बार्सिलोनासँगै रियल मड्रिड, एथ्लेटिक क्लब र मायोर्का सहभागी छन्। पहिलो खेल बार्सिलोनाले जनवरी ८मा एथ्लेटिक क्लबसँग खेल्दैछ।