मर्सी साइड डर्बीमा लिभरपुलको जित, उपाधि नजिक लिभरपुल

3 Apr, 2025
Share:
117 Shares

लिभरपुल यो सिजन प्रिमियर लिग उपाधिको थप नजिक पुगेको छ। बुधबार राति भएको मर्सी साइड डर्बीमा एभर्टनमाथि १–०को जित निकाल्दै लिभरपुल उपाधिको नजिक पुगेको हो।

यो सिजत १ खेल मात्र हारेको लिभरपुलले यो जितसँगै शीर्ष स्थाना १२ अंकको स्पष्ट अग्रता बनाएको छ। लिभरपुलका ३० खेलमा ७३ अंक छ भने समान खेलबाट ६१ अंक छ।

अब बाँकी ८ खेलमा लिभरपुलाई च्याम्पियन बन्न १२ अंक मात्र आवश्यक छ। त्यो पनि आर्सनलले बाँकी आठै खेल जितेमा । आर्सनलले अंक गुमाए लिभरपुललाई च्याम्पियन बन्न अझ कम अंक चाहिन्छ।

एभर्टनविरुद्ध लिभरपुलाई जित दिलाउन डिएगो जोटाले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा उनले ५७औं मिनेटमा लुइस डियाजको पासमा गोल गरेका थिए।

यस्तै, अन्य खेलमा इपस्विच टाउनले इनफर्म बोर्नेमाउथलाई २–१ले हराउँदा साउथह्याप्टन र क्रिस्टल प्यालेसले १–१को बराबरी खेले।