लिभरपुल एन्डफिल्डमै पराजित

14 Sep, 2024
Share:
117 Shares

इंग्लिस प्रिमियर लिगमा लिभरपुल घरेलु मैदानमै पराजित भएको छ। शनिबार राति भएको खेलमा लिभरपुल एन्डफिल्डमा नटिङ्घम फरेस्टसँग १-०ले पराजित भएको हो।

लिभरपुलविरुद्ध नटिङ्घमलाई जित दिलाउन कालुम हड्सन ओडोइले निर्णायक गोल गरे। उनले ७२औं मिनेटमा एन्थोनी इलांगाको पासमा गोल गरेका थिए। त्यसपछि गोल नहुँदा नटिङ्घम विजयी भयो।

यो नटिङ्घमको लातगार चौथो अवे जित हो। उसले १९९५ को मार्च अप्रिलयता पहिलो पटक लगातार चार अवे म्याच जितेको हो।

यता, जारी सिजन लिभरपुलको यो पहिलो हार हो। उसले यसअघिका तीनै खेल क्लिनसिट राख्दै जितेको थियो।

प्रिमियर लिगकै अन्य खेलमा लेस्टर सिटी र क्रिस्टल प्यालेसले २-२को बराबरी खेलेका छन् भन् फुलहम र वेस्टह्यामले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे।