लिभरपुल इपिएल उपाधितर्फ अग्रसर, आर्सनल रोकियो

27 Feb, 2025
Share:
117 Shares

आर्न सल्टको टिम लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधितर्फ अग्रसर भएको छ। २८ खेलको समाप्तिमा १३ अंकको अग्रता बनाएसँगै लिभरपुल उपाधितर्फ अग्रसर भएको हो।

२८ खेलमा लिभरपुलको ६७ अंक छ भने एक खेल कम खेलेको आर्सनलको ५४ अंक छ।

बुधबार राति भएको खेलमा लिभपुलले न्युकासल युनाइटेडमाथि २–०को जित निकाल्यो। लिभरपुललका लागि डोमोनिक सोबोस्लाइ र एलेक्सिस म्याक अलिस्टरले गोल गरेका थिए।

खेलमा ११औं मिनेटमा लिभरपुलले सोबोस्लाइको गोलमा अग्रता लियो। उनले लुइस डियाजको पासमा गोल गरेका थिए। पहिलो हाफ १–०मै सकियो। ६३औं मिनेटमा मोहम्मद सलाहको पासमा एलिस्टरले लिभरपुललाई २–०को जित दिलाए।

यस्तै, अन्य खेलमा दोस्रो स्थानमा रहेको आर्सनल बराबरीमा रोकिएको छ। बुधबार राति नै भएको खेलमा आर्सनललाई नटिङ्हम फरेस्टले गोलरहित बराबरीमा रोकेको हो। नटिङ्हम ४८ अंकसहित तेस्रो स्थानमा छ।