दोस्रो लेगमा कमब्याक जीत निकाल्दै लिभरपुल काराबाओ कपको फाइनलमा

7 Feb, 2025
Share:
117 Shares

टोटनह्यामलाई पराजित गर्दै लिभरपुल काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ।

टोटनहमलाई बिहीबार भएको सेमिफाइनलको दोस्रो लेगमा ४–० ले पराजित गर्दै लिभरपुलले उपाधि भिडन्त पक्का गरेको हो। पहिलो लेगमा १–० गोलले पछि परेको लिभरपुलले दोस्रो लेगमा कमब्याक जित हात पार्दै एग्रिगेटमा ४–१ को नतिजा निकालेपछि फाइनलमा स्थान बनाएको हो।

घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहम्मद सलाह, डोमिनिक सबुसलाय र भिर्गिल भान डाइकले गोल गरे।

गाक्पोले ३४औं मिनेटमा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए। सलाहले ५१औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अग्रता दोब्बर बनाए। सबुसलायले ७५औं र भान डाइलले ८०औं मिनेटमा गोल गरेपछि लिभरपुलको जित पक्का भएको थियो।

लिभरपुलले न्युक्यासलसँग मार्च १६ मा वेम्ब्लीमा फाइनल खेल्नेछ। आर्सनललाई एग्रिगेटमा ४–० हराउँदै न्युक्यासल बुधवार नैे फाइनल पुगिसकेको छ।