मोड्रिचले गरे रियससँगको सम्झौता नवीकरण

18 Jul, 2024
Share:
117 Shares

३९ वर्षीय भेट्रान मिडफिल्डर लुका मोड्रिच अझै १ सिजन रियल मड्रिमै रहने भएका छन्। बुधबार रियलसँगको सम्झौता नवीकरण गरेसँगै मेड्रिच एक सिजन रियलमै रहने भएका हुन्।

अघिल्लो सिजन अघिकांश खेल स्टार्टिङ लाइनअपमा पर्न असफल भएपछि मोड्रिचले रियल छाड्न सोच बनाएका थिए। तर, सहकर्मी टोनी क्रुसले फुटबलबाट सन्न्यास लिएपछि मोड्रिच सम्झौता नवीकरण गर्ने सोचमा पुगेका हुन्।

सम्झौता नवीकरणसँगै मोड्रिच अब जुन २०२५ सम्म रियलमा रहनेछन्। सम्झौता नवीकरणसँगै रियलबाटै आफ्नो फुटबल करिअर टुंग्याउने अपेक्षा गरिएको छ।

सन् २०१२मा इंग्लिस क्लब टोटनहमबाट रियल आएका मोड्रिचले रियलमा १२ सिजिन बिताउँदै आफूलाई विश्व फुटबलकै लिजेन्डका रुपमा स्थापित गरेका छन्।

रियलबाट उनले ६ च्याम्पियन्स लिग, ५ ला लिगा, ४ क्लब विश्वकप, ४ युरोपियन सुपरकप गरी कुल २६ उपाधि जितेका छन्। उनी सर्वाधिक च्याम्पियन्स लिग जित्ने ५ खेलाडीमध्ये एक हुन्।

मोड्रिचका सन् सन् २०१८ विशेष रह्यो। त्यो रियलबाट च्याम्पियन लिग जितेका उनले क्रोएसियालाई विश्वकपको फाइलनसम्म पुर्‍याएका थिए। सन् २०१८मा उनले बालोन डे’ओर, फिफा प्लेअफ अफ दी इयर, युईएफए प्लेअफ अफ दी इयर, विश्वकपको सर्वोत्कृष्ट खेलाडी अवार्ड जितेका थिए।