सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

एपिएफलाई हराउँदै मछिन्द्र सभापति कपको सेमिफाइलनमा

मछिन्द्र क्लब काठमाडौंमा जारी सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार साँझ दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम एपिएफ क्लबलाई १–०ले हराउँदै मछिन्द्र सेमिफाइनलमा पुगेको हो।

प्रतिस्पर्धात्मक बनेको खेलमा मछिन्द्रले एपिएफलाई इन्जुरी समयको गोलमा हराएको थियो। उसका सनिश श्रेष्ठले गोल गरे। सनिशले इन्जुरी समयको नवा‌ैं मिनेटम दयानन्द सिंहका पोसमा गोल गरेका थिए।

मच्छिन्द्रले अब सेमिफाइनलमा संकटा क्लबसँग खेल्नेछ।

267शेयर