२ गोलको अग्रता जोगाउन नसक्दा रोकियो सिटी

15 Jan, 2025
Share:
117 Shares

प्रिमियर लिगमा म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ। मंगलबार राति भएको खेलमा सिटीले २ गोलको अग्रता जोगाउन नसक्दा ब्रेन्टफोर्डसँग २–२को बराबरीमा रोकिएको हो।

लिगमा लागतार २ जितपछि सिटी बराबरीमा रोकिएको हो। सिटीका लागि दुवै गोल फिल फोडेनले गोल गरेका थिए भने ब्रेन्टफोर्डका योआन विसा र क्रिस्टियन नोर्गार्डले गोल गरेका थिए।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ६६औं मिनेटमा फाडेनको गोलमा सिटीले अग्रता लियो। त्यसपछि ६८औं मिनेटमा फोडेनले नै सिटीको अग्रता दोब्बर बनाए।

८२औं विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई खेलमा फर्काए। त्यसपछि इन्जुरी सयमको दोस्रो मिनेटमा गोल गर्दै बराबरी गोल गरेका थिए।

यो बराबरीसँग सिटीले पाँचौं स्थानमा उक्लने अवसर गुमाएको छ । सिटी २१ खेलमा ३५ अंकसहित छैठौं स्थानमा छ। ब्रेन्टफोर्ड २८ अंकसहित १०औं स्थानमा छ।