म्यान्चेस्टर सिटीको सानदार जित, सिटी लयमा फर्किएको हो?

20 Jan, 2025
Share:
117 Shares

नयाँ वर्षसँगै म्यान्चेस्टर सिटीले राम्रो प्रदर्शन गरेको छ। ऊ अपराजित छ।

यसैक्रममा सिटीले आइतबार राति भएको खेलमा इपस्विच टाउनमाथि ६–०को फराकिलो जित निकाल्यो। लिगमा यो सिटीको सिजनकै फराकिलो जित हो।

सिटीलाई सानदार जित दिलाउने क्रममा उसका फिल फोडेनले २ गोल गरे भने माटेओ कोभासिच, जेरेमी डोकु, अर्लिङ हालान्ड र जेम्स म्याक्टीले गोल गरे।

खेलमा फोडेनले २७औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए। त्यसपछि कोभासिचले ३०, फोडेनले ४२ औं मिनेटमा गोल गरेपछि सिटीले पहिलो हाफमै ३–०को अग्रता लियो।

दोस्रो हाफमा पनि सिटीले ३ गोल गरेको थियो। उसका डोकुले ४९औं मिनेटमा सिटीका लागि चौथो गोल गरे। त्यसपछि ५७औं मिनेटमा हालान्ड र ६९औं मिनेटमा म्याक्टीले गोल गरेपछि सिटी ६–०ले विजयी भयो।

यो जितसँगै सिटी शीर्ष चारमा फर्किएको छ। २२ खेलमा सिटीको ३८ अंक छ । ऊ समान अंक जोडेको न्युकासललाई गोलअन्तरमा पछि पारेको हो। इपस्विच भने १६ अंकसहित १८औं स्थानमा छ।