लिगको पहिलो खेलमा सिटीले चेल्सीलाई हरायो

19 Aug, 2024

डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ। आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई उसकै मैदानमा २–०ले हरायो।

स्टामफोर्ड ब्रिजम सिटीलाई जित दिलाउन अर्लिङ हालान्ड र माटेओ कोभासिचले गोल गरे। सिटीले दुवै हाफमा गोल गरेको थियो।

१८औं मिनेटमा बर्नार्डो सिल्भाको पासमा हालान्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए।

पहिलो हाफ १–०मै सकिएको खेलमा ८४औं मिनेटमा सिटीले अग्रता दोब्बर बनायो। उसका लागि चेल्सीकै पूर्वखेलाडी कोभासिचले गोल गरेका हुन्।

यस्तै, अर्को खेलमा ब्रेन्टफोर्ड पनि विजयी भयो। उसले क्रिस्टल प्यालेसलाई २–१ले हरायो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]