च्याम्पियन्स लिगमा सिटी र इन्टरले खेले बराबरी, डर्टमन्डको सहज जित

19 Sep, 2024
Share:
117 Shares

युईएफए च्याम्पियन लिगमा म्यान्चेस्टर सिटी र इन्टर मिलानले बराबरी खेलेका छन्। बुधबार राति सिटीको घरेलु मैदान इत्तिहादमा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन्।

घरेलु मैदानमा सिटीले खेल नियन्त्रणमा लिए पनि फिनिसिङ गर्न सकेन। उसका सात प्रहार इन्टरले रोकेको थियो। जसमा इन्टरका गोलकिपरले मात्र तीन प्रहार विफल पारिदिएका थिए।

खेलमा सिटीका मिडफिल्डर केभिन डे ब्रुएना पहिलो हाफमै घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए। त्यसले सिटीले प्रिमियर लिगमा घाटा हुनसक्छ।

यस्तै अर्को खेलमा जर्मन क्लब बोरुसिया टर्डमन्ड विजयी भएको छ। उसले बेल्जियन क्लब क्लब ब्रुगमाथि ३–०को जित निकाल्यो। उसका लागि जेमी बोनोइ गिटेन्सले २ गोल गरे भने सेर्होउ गुइरेसेले १ गोल गरे।

यस्तै, अर्को खेलमा बोलोग्ना र शख्तर डोनेस्कले गोलरहित बराबरी खेलेका छन्।