च्याम्पियन्स लिग नकआउट प्लेअफको रोमाञ्चक खेलमा सिटीमाथि रियलको जित

12 Feb, 2025

युईएफए च्याम्पियन्स लिगको नकआउटको प्लेअफको पहिलो खेलमा स्पेनिस जायन्ट रियल मड्रिड विजयी भएको छ। मंगलबार राति इत्तिहाद रंगशालामा भएको रोमा ञ्चक खेलमा रियलले पेप ग्वार्डिओलाको टिम म्यान्चेस्टर सिटीमाथि ३–२को जित निकाल्यो।

खेलमा रियललाई जित दिलाउन किलियन एम्बाप्पे, जुड बेलिङ्घम र ब्राहिम डियाजले गोल गरे भने सिटीका लागि दुवै गोल अर्लिङ हालान्डले गरेका थिए।

खेलमा अग्रता पनि घरेलु टोली सिटीले लियो। उसका लागि १९औं मिनेटमा हालान्डले गोल गरेका थिए। खेलको पहिलो हाफ १–० मै सकियो।

दोस्रो हाफमा रियल खेलमा फर्कियो। ६०औं मिनेटमा उसका एम्बाप्पेले बराबरी गोल गरेका थिए। तर, ८०औं मिनेटमा खेलमा सिटीले पुनः अग्रता बनायो। ड्यानी सेबायोसले फिल फोडेनलाई फाउल गरेपछि पाप्त पेनाल्टीमा हालान्डले गोल गर्दै सिटीलाई खेलमा अग्रता दिलाएका थिए।

८६औं मिनेटमा सब्टिच्युट खेलाडी डियाजले रियलका लागि बराबरी गोल गरे। त्यसपछि खेल बराबरी तर्फ उन्मूख भयो। तर, इन्जुरी समयको दोस्रो मिनेटमा भिनिसियस जुनियरको पासमा बेलिङ्घमले गोल गरेपछि खेलमा रियलले दुई पटक पछि परेको अवस्था उल्टाउँदै ३–२को जित निकाल्यो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]