युनाइटेडको खराब लय कायमै, न्युकासलसँग लज्जास्पद हार

14 Apr, 2025
Share:
117 Shares

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले खराब लयलाई निरन्तरता दिएको छ। आइतबार राति भएको खेलमा खेलमा युनाइटेड न्युकासल ४–१ को फराकिलो अन्तरले पराजित भयो।

जारी सिजन युनाइटेडको यो १४औं हार हो। निरन्तर खराब प्रदर्शन गरिरहेको युनाइटेड ३८ अंकसहित १४औं स्थानमा छ। यो सिजन युनाइटेडले युरोपियन प्रतियोगिता नेखेल्ने लगभग निश्चित जस्तै छ। अब उसलाई अर्को युरोपियन प्रतियोतिगा खेल्न युरोपा लिग जित्नुबाहेक अर्को विकल्प छैन।

यता, यो जितसँगै न्युकासले भने तालिकाको चौथो स्थानमा उक्लिएको छ। र, उसले शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई बलियो बनाएको छ। उसको ३१ खेलमा ५६ अंक छ। मिडविकमा हुने खेला जित निकाल्ने ऊ नटिङ्हम फरेस्टलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने छ।

न्युकासलका प्रशिक्षक एडी हाउ बिरामीका कारण अस्पतालमा भर्ना भएका थिए, तर उनको अनुपस्थितिमा पनि टिमले उत्कृष्ट प्रदर्शन गर्‍यो।

खेलको २४औं मिनेटमा सान्ड्रो टोनालीले शानदार भलीमार्फत न्युकासललाई अग्रता दिलाए। म्यानचेस्टर युनाइटेडले ३७औँ मिनेटमा अर्जेन्टिनी फरवार्ड अलेजान्ड्रो गार्नाचोको उत्कृष्ट गोलमार्फत बराबरी गरे। यो गोल उनको १५औँ प्रिमियर लिग गोल हो।

तर, दोस्रो हाफमा न्युकासलका हावी भयो। उसका हार्भी बार्न्सले ४९औं र ६४औं मिनेटमा गोल गर्दै टिमलाई ३–१को अवस्थामा ल्याए। खेलको अन्त्यतिर म्यानचेस्टर युनाइटेडका डेब्यु गोलकिपर अल्टाय बायिन्दिरले गरेको कपतान गल्तीमा ब्रुनो गिमाराइसले चौथो गोल थपे।

यो सिजनमा म्यानचेस्टर युनाइटेडले १९ खेलमा पहिलो गोल खाएको छ, जुन सन् २०१३–१४ पछिको सबैभन्दा खराब रेकर्ड हो। साथै, यो सिजनमा चार टिमले म्यानचेस्टर युनाइटेडलाई घर र बाहिर दुवै खेलमा हराए, जुन सन् १९५७द्द५८ पछिको पहिलो घटना हो।

न्युकासलले भने सन् १९३०–३१ पछि पहिलो पटक म्यानचेस्टर युनाइटेडमाथि लिग डबल हासिल गरेको छ।

खेलपछ िम्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले यो सिजन आफूहरुका लागि लागि निकै कठिन भएको बताए। प्रशिक्षक रुबेन अमोरिमले पनि टिमको प्रदर्शनमा निराशा व्यक्त गरे। उनले अब युरोपा लिगतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै त्याहाँ यस्तो गल्ती दोहो¥याउन नहुने बताए।

यो हारले म्यानचेस्टर युनाइटेडलाई थप दबाबमा पारेको छ, र टिमले अब बिहीबार लियोनविरुद्धको युरोपा लिग क्वाटरफाइनलको दोस्रो लेगमा ध्यान दिनुपर्ने देखिन्छ। न्युकासल भने यो जितसँगै च्याम्पियन्स लिगको दौडमा बलियो दाबेदार बनेको छ।