म्यान्चेस्टर युनाइटेडमाथि ब्राइटनकाे जित

24 Aug, 2024
Share:
117 Shares

इंग्लिस प्रिमियर लिगमा ब्राइटनले म्यान्चेस्टर युनाइटेडलाई हराएको छ। शनिबार घरेलु मैदानमा भएको खेलमा ब्राइन्टनले युनाइटेडलाई २–१ले हरायो।

खेलमा ब्राइटनका जोआ पेड्रो र ड्यानी वेलब्याकले गोल गरेका थिए भने युनाइटेडका अमाद डियालोले गोल गरेका थिए।

३२औं मिनेटमा बेलब्याकले गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १–०मै सकियो।

तर ६०औं मिनेटमा युनाइटेडका डियाले गोल गर्दै खेलालाई बराबरीमा ल्याए। ७०औं मिनेटमा युनाइटेडले गोल गरेको थियो, तर त्यो गोल भारमार्फत रद्द भएको थियो।

तर, खेल बराबरीतर्फ अग्रसर भएको अवस्थामा इन्जुरी समयको पाँचौ मिनेटमा पेड्रोले हेडिङमार्फत गोल गर्दै टिमलाई जित दिलाए।

लिगमा ब्राइटनको यषे लगातार दोस्रो जित हो। नयाँ सिजन पहिलो खेलमा जित हात पारेको युनाइटेडको यो पहिलो हार हो।