मिडल्सबगसँग हार्‍यो युनाटेड, एफए कपको चोथौ चरणबाटै बाहिरियो

Read Time:1 Minute

प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड एफए कपको चौथो चरणबाटै बाहिरिएको छ। शुक्रबार राति भएको खेलमा दोस्रो डिभिजन क्लब मिडल्सबर्गसँग पेनाल्टी सुटआउटमा ८–७ले पराजित हुँदै युनाइटेड प्रतियोगिताबाट बाहिरिएको हो।

निर्धारित समय र थप गरिएको समयको खेल १–१ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा मिडल्सबर्ग भाग्यमानी ठहरियो।

पेनाल्टीमा युनाइटेडका ब्रुनो फर्नान्डेस, क्रिस्टियानो रोनाल्डो, ह्यारी मग्वाएर, डिएगो डालोट, स्कट म्याकटोमीने, फ्रेड र जुआन माटाले गोल गर्दा एन्थोनी इलंगा गोल गर्न चुके । मिडल्सबर्गका मार्टिन पाएरो, प्याडी म्याकनेयर, ली पेल्टाएर, डेल फ्राई, डुनकान वाट्मोर, सोल बाम्बा, मार्कुस र जोनी ह्वाउसनले गोल गरे ।

खेलको २५ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । तर, ६४ औं मिनेटमा म्याट क्रोक्सले गोल गर्दै मिड्ल्सबर्गलाई १–१ को बराबरीमा ल्याएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post कुशल प्रशिक्षण गरेको भन्दै प्रधानमन्त्रीले दिए अलमुइरीलाई बधाई
Next post बालोन डे’ओर हलान्डलाई पिकेले दिए यस्तो सुझाव
Close