कारबाओ कपको फाइनल नजिक युनाइटेड, पहिलो लेगमा नटिङहम ३–०ले पराजित

Read Time:1 Minute

म्यान्चेस्टर युनाइटेट कारबाओ कपको फाइनल नजिक पुगेको छ। सेमिफाइनल पहिलो लेगमा नटिङहम फरेस्टलाई ३–० ले पराजित गरेसँगै युनाइटेड फाइनल नजिक पुगेको हो।

सेमिफाइनलको पहिलो लेगमा युनाइटेडलाई जित दिलाउन वाउट वेघोस्ट, मार्कस रोस्फोर्ड र ब्रुनो फर्नान्डेसले गोल गरे।

रास्फोर्डले छैटौं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। पहिलो हाफकै अन्तिम मिनेटमा यस्तै वेघोस्टले युनाइटेडको अग्रता दोब्बर बनाए। जनवरीमा लोनमा युनाइटेड आएको वेघोस्टको यो पहिलो गोल हो। यस्तै, फर्नान्डेजले ८९औं मिनेटमा गोल गरेपछि युनाइटेडले ३–०को सहज जित निकाल्यो ।

यी दुई टोलीबीचको दोस्रो लिग आगामी बुधबार हुनेछ । अर्को सेमिफाइनलको पहिलो लिगमा न्युकासलले साउथह्याम्पटनलाई १(० ले पराजित गरेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %
Previous post रियल सोसिडाडलाई हराउँदै बार्सिालेना कोपा डेल रेको सेमिफाइनलमा, सेभिया बाहिरियाे
Next post बक्सिङमा ऐतिहासिक पदक दिलाने सुष्मालाई सरकारले ६ लाख दिने
Close