मार्टिन जुबिमेन्डी आर्सनल आउने

11 May, 2025
Share:
117 Shares

स्पेनिस मिडफिल्डर मार्टिन जुबिमेन्डी आर्सनल आउने भएका छन्। २६ वर्षीय स्पेनिस खेलाडीलाई आर्सननले ६० मिलियन युरो खर्चन लागेको हो।

आर्सन र रियल सोसिडाडबीच सम्झौता भइनसके पनि जुबिमेन्डी आर्सनल आउने पक्का पक्की भएको छ। दुई क्लबबीच सम्झौता अन्तिम चरणमा पुगेको बताइएको छ।

यो ट्रान्सफरले आर्सनलको मिडफिल्डलाई नयाँ उचाइ दिने र प्रिमियर लिग उपाधि दौडमा टोलीलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

जुबीमेन्डी गत समरमा लिभरपुलको नजरमा थिए, तर उनले सोसिडाडमै रहने निर्णय गरेका थिए। यो सिजनमा उनको शानदार प्रदर्शनले आर्सनलका प्रशिक्षक मिकेल अर्टेटालाई प्रभावित गरेको छ।

थोमस पार्टे र जोर्गिन्होको सम्झौता सकिन लागेका बेला आर्सनलले जुबीमेन्डीलाई डेक्लान राइसको जोडीको रूपमा ल्याउन लागेको हो। उनको पासिङ सटिकता, डिफेन्सिभ स्थिरत, र खेल नियन्त्रण क्षमताले आर्सनलको रणनीतिमा नयाँ आयाम थप्ने विश्वास छ।

आर्सनलले जुबीमेन्डीको रिलिज क्लज तिर्ने तयारी गरेको छ, यद्यपि केही स्रोतले २५ मिलियन पाउण्ड नगदसहित टाकेहिरो तोमियासु वा जाकुब किविओरलाई समावेश गरेर पार्ट–एक्सचेन्ज डिलको सम्भावना उल्लेख गरेका छन्।

मिकेल अर्टेटाले जुबीमेन्डीलाई आफ्नो मिडफिल्डको केन्द्रबिन्दु बनाउन चाहेका छन्। युरो २०२४ विजेता टोलीका सदस्य जुबीमेन्डीले सोसिडाडमा २११ खेलमा १२ गोल र १६ असिस्ट गरेका छन्। उनको अनुशासित खेलले आर्सनललाई च्याम्पियन्स लिग र प्रिमियर लिगमा प्रतिस्पर्धी बनाउने अपेक्षा छ।

रियल सोसिडाडको एकेडेमी उत्पादनका रूपमा, उनले क्लबलाई २०१९–२० को कोपा डेल रे जिताउन पनि योगदान दिए।