रियल आए एम्बप्पे

4 Jun, 2024

फ्रेञ्च स्ट्राइकर केलियन एम्बाप्पे स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएका छन्। सोमबार रियलले विज्ञप्ति जारी गरी एम्बाप्पेलाई अनुबन्ध गरेको सार्वजनिक गरेको हो।

एम्बाप्पेले पनि सामाजिक सञ्जालमार्फत आफू रियलमा अनुबन्धित भएको जानकारी गराएका छन्। फ्रि ट्रान्सफरमा रियल आएका २५ वर्षीय स्टार स्ट्राइकर एम्बाप्पेले ५ वर्षको सम्झौता गरेका छन्।

उनले रियलमा अनुबन्धित हुन पाउँदा आफू अत्यन्त खुशी भएको पनि बताएका छन्। ‘म कति उत्साहित छु भन्ने कुरा कसैले सोच्न सक्दैनन्। मेरो सपना पूरा भएको छ। आफ्नो ड्रिम टिमसँग जोडिन पाएकामा खुशी र गौरवान्वित छु,’ इन्स्टाग्राममा एम्बाप्पेले लेखेका छन्।

रियलले आर्थिक विवरण नखुलाएपनि बिबिसीका अनुसार उनले वर्षको १५ मिलियन युरो तलब पाउनेछन्। त्यसबाहेक रियलमा आउन मानेबापत ५ वर्षमा पाउनेगरी १५० मिलियन युरोको बोनस पनि पाउनेछन्।

यसअघि सन् २०२२ मा पनि रियलले एम्बाप्पेलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो। त्यतिबेला एम्बाप्पेलाई भित्र्याउन १८० मिलियन युरोको प्रस्ताव पिएसजीले अस्वीकार गरेको थियो।

एम्बाप्पे सन् २०१७ मा १८० मिलियन युरोमा किन्ने गरी मोनाकोबाट लोनमा पिएसजी गएका थिए। पिएसजीमा रहँदा उनले कीर्तिमानी २५६ गोल गरेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]