एम्बाप्पे घाइते भएको खेलमा फ्रान्सको जित

18 Jun, 2024

दाबेदार फ्रान्सले युरोकपमा विजयी सुरुआत गरेको छ। सोमबार राति भएको खेलमा फ्रन्सले अस्ट्रियमाथि १–०को संघर्षपूर्ण जित निकाल्यो।

३८औं मिनेटमा एमबाप्पेको प्रहार बचाउने क्रममा अष्ट्रियाका म्याक्स वोरले आत्मघाती गोल गरेका थिए। त्यसपछि गोल नहुँदा फ्रान्स विजयी भयो।

जितका बाबदुद फ्रेन्च टिम त्यति खुसी भने छन्। किनभने उसले आफ्ना तथा स्टार स्ट्राइकर किलियन एम्बप्पेलाई चोटका कारण गुमायो।

अस्ट्रियन डिफेन्डरसँग ठोकिँदा एम्बाप्पको नाकमा चोट लागेको थियो। केचिन डान्सोको कुहिनोमा एमबापप्को नाक ठोक्किएपछि उनको नाकमा धेरै रगत बगेकोथियो। त्यसपछि उनलाई मैदानमै केहीबेर उपचार गरिएको थियो भने लगत्तै उनी मैदान बाहिर आएका थिए।

फ्रेन्च टिमका प्रशिक्षक डिडियर डेसच्याम्पले एम्बाप्पेको नाकमा ठूलो चोट लागेको बताउँदै यो आफूहरुको लागि ठूलो दुर्भाग्य भएको बताएका छन्। चोट कस्तो भने बारेमा थप परीक्षण पनि मात्र थाहा हुने उनले बताए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]