मेसीले क्वार्टरफाइनल खेल्नेमा आशंका

4 Jul, 2024
Share:
117 Shares

कोपा अमेरिका–२०२४ को क्वार्टरफाइनल खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेसीको उपस्थिति अनिश्चित बनेको छ। अर्जेन्टिनाले क्वार्टरफाइनल खेलमा

समूह चरणमै चोट बोकेका मेसीले क्वार्टरफाइनल गुमाउने खतरा बढेको हो। मेसीलाई समूह चरणको दोस्रो खेलमा ह्यामस्ट्रिङ भएको थियो। सेही कारण उनले समूहको अन्तिम खेल पनि खेलेका थिएनन्।

मेसीविनै अर्जेन्टिना समूहको अन्तिम खेल २–० ले जितेको थियो । सोही चोटका कारण मेसीको क्वार्टरफाइनल खेल्ने सम्भावना अनिश्चित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्र।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले पनि मेसीबारे अझै शंका रहेको बताए। ‘हामी अझै केही समय पर्खिन्छौं र त्यसपछि निर्णय गर्नेछौं। हामी मेसी टिमसँगै हुन भन्ने चाहन्छौं । यदि उनी भएनन् भने हामी टिमलाई आवश्यक अन्य उत्कृष्ट कुरामा ध्यान दिनेछौं,’ स्कोलानीले भनेका छन्।