मेसीले मालोर्कासँगको खेल गुमाउने

बार्सिलोना कप्तान लियोनल मेसीले कोरोना भाइरसको महामारीपछि सुरु हुने ला लिगाको पहिलो खेल गुमाउने भएका छन् । प्रशिक्षणका घाइते भएपछि मेसीले रियल मालोर्कासँगको खेल गुमाउने स्पेनिस सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घाइते भएपछि मेसीले बुधाबार नै प्रशिक्षण त्यागेका थिए । मंगलबार सामूहिक प्रशिक्षणका क्रममा मेसीको दाहिने खुट्टाको मसल चोट लागेको बताइएको छ । उनी कहिलेसम्म मैदान फकर्ने भन्ने थप परीक्षण पछि मात्र थाहा हुने बताइएको छ ।

ला लिगा जुन ११ बाट बन्द रंगशलामा सुरु हुँदैछ । बार्सिलोनाले कोरोना भाइरसपछि आफ्नो पहिलो खेल जुन १४ मा मालोर्सासँग अवे मैदानमा खेल्दैछ । बार्सिलोना हाल २७ खेलपछि ५८ अंकसहित शीर्ष स्थानमा छ भने रियल मड्रिड ५६ अंकसहित दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP