मेसी भन्छन्, क्लबको हितलाई हेरेर निर्णय गरेँ

अर्जेन्टिनी स्टार खेलाडी लिओनल मेसीले स्पेनिस क्लब बार्सिलोना आफ्नो उच्च प्राथमिकतामा रहेको बताएका छन् । गत सिजन क्लब छाड्ने चाहेका मेसीले अन्तिम समयमा क्लबसँग मुद्दा मामिला गर्न नचाहेको भन्दै बार्सिलोनामै बस्ने निर्णय गरेका थिए ।

गत महिना क्लब छाड्न चाहेको घोषणा गरेका मेसी क्लबसँग केही विवादपछि पुन बार्सिलोनामै बस्न सहमत भएका थिए । उनले हालै एक अन्तर्वार्तामा आफूले क्लबसँगको असहमति अन्त गर्न चाहेको बताए ।

गत महिना अर्जेन्टिनी खेलाडीले बार्सिलोनालाई आफ्नो करारमा रहेको ‘फ्रि–ट्रान्सफर’को बुँदालाई प्रयोग गर्दै क्लब छाडेर जान चाहेको जानकारी दिएका थिए । तर, क्लबले उक्त करार गत जुनमा नै सकिएको बताउँदै उनको आग्रहलाई क्बलले अस्वीकार गरेको थियो ।

मेसीले एक अन्तर्वार्ताका क्रममा क्लबसँगको विवादका बीच उनले क्लबका समर्थकहरुलाई अपमान गर्न नचाहेको र आफूले जे गरे, त्यो क्लबको हितलाई नै केन्द्रमा राखेर गरेको स्पष्टिकरण दिएका छन् । उनले भनेका छन्, ‘म आफ्ना गल्तीहरूका लागि जिम्मेवारी स्वीकार्छु, यदि केही थिए भने केवल राम्रो र बलियो बार्सिलोना बनाउनका लागि थियो ।’

‘म सबै समर्थकलाई एउटा सन्देश दिन चाहन्छु,’ मेसीले सो अन्तर्वातामा भनेका छन्, ‘यदी कुनै समयमा मैले भनेको वा गरेको कुराले क्रुद्ध हुनुहुन्छ भने त्यहाँ कुनै सन्देह नहोस्, मैले त्यो कुरा गर्दा सधैँ क्लबको हित मेरो दिमाग थियो ।’

मेसीले आफ्नो भनाइ वा व्यवहारबाट कसैलाई चित्त दुखेको भए पनि शंका नगर्न आग्रह गरेका छन् । उनले भन्का छन्, ‘मैले क्लबको लागि सबै भन्दा राम्रो चीजको बारेमा सोच्दै गर्दा यो गरें ।’ मेस्सीले पुराना कुरा बिर्सेर अब खेलमा ध्यान दिन चाहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP