सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

मेसीको गोलमा मियामी विजयी

FORT LAUDERDALE, FLORIDA – MARCH 29: Lionel Messi #10 celebrates with Luis Suárez #9 of Inter Miami CF after scoring a goal against the Philadelphia Union during the second half at Chase Stadium on March 29, 2025 in Fort Lauderdale, Florida. (Photo by Rich Storry/Getty Images)

अर्जेन्टिनी स्टार लियोनेल मेसीको निर्णायक गोल मद्दतमा मेजर लिग सकरमा इन्टर मियामी विजयी भएको छ। आइतबार बिहान भएको खेलमा मियामीले फिलाडेल्फिया युनियनलाई २–१ ले हरायो।

खेलमा मियामीका लागि मेसीसँगै रोबर्ट टेलरले पनि गोल गरेका थिए। यता, फिलाडेल्फियाका ड्यानियल गाजडागले गोल गरेका थिए।

खेलमा २३औं मिनेटमा टेलरले गोल गर्दै मियामीलाई सुरुआती अग्रता दिलाएका थिए। ५७औं मिनेटमा मेसीले टिमको अग्रता दोब्बर बनाए। उनले लुइस सुआरेजको पासमा गोल गरेका हुन्। मेसी ५५औं मिनेटमा मात्र मैदान प्रवेश गरेका थिए।

इन्टरनेशलन ब्रेकअघि खेलमा मेसी सामान्य घाइते भएका थिए। सोही कारण उनले अर्जेन्टिनाका लागि विश्वकप छनोटका दुवै खेल खेलेका थिएनन्।

८०औं मिनेटमा गाजडागले गोल गर्दै फिलाडेल्फियालाई खेलमा फकाउने प्रयास गरेपनि त्यसपछि गोल नहुँदा मियामी विजयी भयो।

यस जितसँगै इन्टर मियामी एमएलएसको शीर्ष स्थानमा उक्लिएको छ। ५ खेलमा उसको १३ अंक भएको छ।

267शेयर