युरो विजेता कप्तान मोराटा एसी मिलानमा

16 Jul, 2024
Share:
117 Shares

युरोकप विजेता स्पेनका कप्तान अल्भारो मोराटा इटालियन क्लब एसी मिलानमा आबद्ध हुने भएका छन्। एसी मिलानले मोराटालाई एट्लेटिको मड्रिडबाट भित्र्याउ लागेको हो।

मोराटाको एसी मिलान स्थानान्तरण लगभग पुरा भइसकेको छ। अब दुई क्लबबीच औपचारिक सम्झौता गर्न मात्र बाँकी छ।

३१ वर्षीय स्ट्राइकर मोराटाका लागि एसी मिलानले १३ मिलियन युरो खर्चिनेछ। मोराटा र एसी मिलानबीच ४ वर्षको सम्झौता हुने बताइएको छ।

उनले एट्लेटिको मड्रिडका लागि १५४ खेलमा ५८ गोल गरेका छन्। एट्लेटिकोसँगै उनले रियल मड्रिड, चेल्सी र युभेन्ट्सबाट पनि खेलेका छन्।