२३ वर्षपछि रियल छाडेर साउदी लागे नाचो

23 Jun, 2024
Share:
117 Shares

स्पेनिस रियल मड्रिडका भेट्रान डिफेन्डर तथा कप्तान नाचो हर्नान्डेसले क्लब छाडेका छन्। ३४ वर्षीय स्पेनिस डिफेन्डर नाचोले २३ वर्षपछि रियल छाडेका हुन्।

रियलकै एकेडेमीका उत्पादन नाचो फ्रि ट्रान्सफरमा रियल छाड्नै साउदी अरेबिया लागेका छन्। उनी साउदी प्रो लिग क्लब अल क्वादसियामा आबद्ध भएका छन्।

२३ सिजिन रियलमा बिताउँदा उनले ३६४ खेल खेल्दै १६ गोल गरेका छन्। यस अवधिमा उनले ६ च्याम्पियन्स लिग, ५ फिफा क्लब विश्वकप र ४ ला लिगा गरी कुल २५ उपाधि जितेका छन्।

यो सिजन रियल छाड्ने उनी दोस्रो खेलाडी हुन्। यसअघि स्टार मिडफिल्डर टोनी क्रुसले फुबटलबाटै सन्न्यास घोषणा गरेका थिए।
्र