राष्ट्रिय टिमको बन्द प्रशिक्षन स्थगित

विश्वभर महामारीका रुमपा फैलिएको कोरोना भाइरसका कारण नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ । विश्वकप छनोटको होम गेमका लागि नेपाली टिम फागुन १८ देखि बन्द प्रशिक्षणमा थियो ।

सन् २०२२ विश्वकप र सन् २०२३ को एसिया कपको दोस्रो चरणको छनोटअन्तर्गत नेपालले चैत दोस्रो साता चाइनिज ताइपेइ र अष्ट्रेलियासँग दशरथ रंगशालामा खे्रल्ने तालिका थियो । नेपालले १३ गते ताइपेइ र १८ गते अस्ट्रेलियासँग खेल्ने पूर्वनिर्धारित तालिका थियो । बिहीबार मात्र दुवै खेल स्थगित भएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार राष्ट्रिय टिमको प्रशिक्षण स्थगित गरिएको जनाएको छ । विश्वभर फैलिदै गएको कोरोना भाईरस ९कोभिड १९० को सम्भावित संक्रमणबाट जोगिन राष्ट्रिय टिमको तयारी स्थगित गरिएको जनाएको छ ।

आगामी चैत १३ गते चाईनिज ताईपे र चैत १८ गते अष्ट्रेलियासँग हुने खेलको लागि राष्ट्रिय टिमले सातदोबाटोस्थित एन्फा मैदानमा तयारी गरिरहेको थियो । सहिद स्मारक ए डिभिजन लिग सकिए लगत्तै स्विडिस प्रशिक्षक जोहान कालिनले ३३ सदस्यीय प्रारम्भिक टिमलाई प्रशिक्षणमा बोलाएका थिए ।

यस्तै एन्फाले उप मेयर कप महिला लिग फुटबल समेत तोकिएको मिति भन्दा ढिला हुने जनाएको छ । एन्फाले लिगको पहिलो चरणको खेल धरान रंगशाला चैत ३ गतेबाट सुरु हुने जनाएको छ ।

एन्फाले जिल्लामा जारी सम्पूर्ण फुटबल गतिविधि समेत स्थगित गरिएको जनाएको छ । एन्फाले चलिरहेको प्रतियोगिता भने स्थगित नहुने जनाएको छ ।

विश्वभर फैलिदै गएको कोरोनाको सम्भावित संक्रमणबाट बच्न राष्ट्रिय खेलकुद परिषद्ले बिहिबार मात्र चलिरहेका खेलकुद गतिविधिहरु स्थगित गर्न सम्बन्धित निकायलाई पत्र काटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP