महिला लिगमा पुलिसका निरु र दीपका ह्याट्रिक, चन्द्रपुरले खेल्यो बराबरी

6 Sep, 2024
Share:
117 Shares

जारी राष्ट्रिय महिला लिगमा विभागीय टिम नेपाल पुलिस क्लबका दुई खेलाडीले एउटै खेलमा ह्याट्रिक गरेका छन्। लिगअन्तर्गत शुक्रबार एन्फा कम्प्लेक्स मैदानमा भएको भएको खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध पुलिका निरु थापा र दीपा न्यौपानेले ह्याट्रिक गरेका हुन्।

कप्तान निरु र दीपाको ह्याट्रिक मद्दतमा पुलिस क्लबले सुदूरपश्चिममाथि ९–० को एकतर्फी जित निकाल्यो।

पुलिसको फाराकिलो जितमा निरु र दीपासँगै पूजा राना, घिमकुमारी गुरुङ र अनुष्का शेर्पाले पनि गोल गरे। पुलिसले पहिलो ३ र दोस्रो हाफमा ६ गोल गरेको थियो ।

जारी प्रतियोगितामा पुलिसको यो पहिलो जित हो। यसअघि पहिलो खेलमा पुलिस अर्को विभागीय टिम एपिएफसँग बराबरीमा रोकिएको थियो।

आजै भएको अर्को खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र संकटा क्लबले गोलरहीत बराबरी खेलेका छन्। चन्द्रपुरको लागतार दोस्रो बराबरी हो।