फ्रान्स र स्पेन नेसन्स लिगको सेमिफाइनलमा, दुवै टिम पेनाल्टी सुटआउटमा भाग्यमानी

24 Mar, 2025
Share:
117 Shares

फ्रान्स र स्पेन दुवै नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन्। आइतबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा दुवै टिमले पेनाल्टी सुटआउटमा जित निकाल्दै सेमिफाइलनमा स्थान बनाए।

पहिलो लेगमा २ गोलले पछि परेको फ्रान्सले दोस्रो क्रोएसियालाई हरायो। दोस्रो लेगमा उत्कृष्ट खेल खेल्दै निर्धारित समयको खेल २–०ले जित्दै २–२को बराबरीमा ल्याएको थियो।

त्यसपछि पेनाल्टी सुटआउटमा फ्रान्स ५–४ले विजयी भयो। पेनाल्टीमा फ्रान्सका कलियन एम्बाप्पे, ओरालेन चुआमेनी, रोनाल्ड कोलोमुआनी, डेसिरे डोयु र डायोट उपमेकानोले गोल गर्दा जुल्स कुन्डे र थियो हर्नान्डेसको प्रहार बाहिरिएको थियो।

यता, क्रोएसियाका लागि निकोला मोरो, मारियो पासालिच, क्रिस्टिजन जाकिच र डुजे कालेटा कारले गोल गर्दा जोसिप स्टान्सिच, फ्रान्जो इभानोभिच र मार्टिन बाटुरिना गोल गर्न असफल भए।

त्यसअघि निर्धारित समयको ५२औं मिनेटमा मिचेल ओलिसे र ८०औं मिनेटमा उसमान डेम्बेलेले गोल गरेका थिए।

यता, अर्को खेलमा स्पेन र नेदरल्यान्ड्सले समग्रमा ५–५को बरारबी खेले। पहिलो लेग २–२को बराबरीमा सकिएको खेलमा दोस्रो लेग ३–३को बराबरीमा सकियो। तर, पेनाल्टीमा स्पेन ५–४ले विजयी भयो।

पेनाल्टीमा स्पेनका मिकेल मोरिनो, फेरान टोरेस, एलेक्स गार्सिया, एलेक्स बयना र पेड्रीले गोल गर्दा लमिन यमालको प्रहार नेदरल्यान्ड्सका गोलकिपरले रोकेका थियो। यो उनको सिनियर करिअरको पहिलो पोनाल्टी थियो।

यता, नेदरल्यान्ड्सका लागि भिर्गिन भान डाइक, टेउन कुप्मेइनेर्स, जाभाी सिमोन र केन्नेथ टेलरले गोल गर्दा डोनयल मलेन र नोअ लाङ गोल गर्न असफल भए।

त्यसअघि निर्धारित समयमा स्पेनका मिकेल ओयासाबेलले दुवै गोल गरेका थिए भने नेदरल्यान्ड्सका मेम्फिस डिपे र इआन माट्सेनले गोल गरेका थिए। थप गरिएको समयमा स्पेनका लमिन यमाल र नेदरल्यान्ड्सका जाभी सिमानले गोल गरेका थिए।

अब सेमिफाइनल यी दुवै टिम भीट्ने छन्।