सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

सर्बियामाथि स्पेनकाे सहज जित, डेनमार्क र स्वीट्जरल्यान्डले खेले बराबरी

Soccer Football – UEFA Nations League – Group A4 – Spain v Serbia – Estadio Municipal Nuevo El Arcangel, Cordoba, Spain – October 15, 2024 Spain’s Aymeric Laporte celebrates scoring their first goal with teammates REUTERS/Jon Nazca

नेसन्स लिगको चौथो चरणको खेलमा स्पेनले सहज जित निकालेकाे छ। मंगलबार राति भएकाे खेलमा उसले १० खेलाडीमा समेटिएको सर्बियालाई ३-०ले हरायो।

स्पेनलाई जित दिलाउन अल्भारो मोराटा, अमेरिक लापोर्ट र एलेक्स बएनाले गोल गरे। पाचौं मिनेटमा लापोर्टको गोलमा स्पेनले अग्रता लियो। पहिलो हाफ १-०मै सकियो।

६५औं मिनेटमा मोराटाले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। ७६औं मिनेटमा स्ट्राहिन्जा पाब्लोभिचले रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा समेटियो।

त्यसको १ मिनेट पछि नै स्पेनले तेस्रो गोल गर्यो। उसका बएनाले गोल गरेका थिए। त्यसपछि गोल नहुँदा स्पेन विजयी भयो।

यही समूहको अर्को खेलमा डेनमार्क र स्वीट्जरल्यान्डले २-२ गोलका बराबरी खेलका छन्। खेलमा डेनमार्ककका रेमो फ्रेउलर र जेकी एमडोनीले गोल गरेका थिए भने स्वीट्जरल्यान्डका गुस्ताव इसाक्सेन र क्रिस्टियन इरिक्सनले गोल गरेका थिए।

लिग एको समूह ४ मा स्पेन १० अंकसहित शीर्ष स्थानमा छ । डेनमार्क ७ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको सर्बियाको ४ र स्वीट्जरल्यान्डको १ अंक मात्र छ।

1.3Kशेयर