एम्बाप्पेविना इटालीलाई हराउँदै फ्रान्स बन्यो समूह विजेता

18 Nov, 2024
Share:
117 Shares

स्टार स्ट्राइकर किलियन एम्बाप्पे विना मैदान उत्रिएको फ्रान्सले यूईएफए नेसन्स लिगमा जित निकलोको छ। आइतबार राति भएको खेलमा फ्रान्सले इटालीमाथि ३–१ जित निकाल्यो।

यो जितसँगै फ्रान्स लिग ए समूह २को विजेताका रुपमा क्वार्टरफाइनल प्रवेश गरेको छ। दुवैका समान १३ अंक भएपछि गोल अन्तरमा फ्रान्स अगाडि रह्यो। इटाली पनि उपविजेताका रुपमा क्वार्टरफाइलन पुगेको छ।

फ्रान्सको जितमा एड्रियन राबियटले दुई गोल गरे भने एक गोल आत्मघाती भएको थियो । इटालीका लागि आन्द्रिया कामबियासोले गोल गरे।

खेलको दोस्रो मिनेटमा नै राबियटले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। ३३औं मिनेटमा डिग्नेको फ्रिकिक प्रहार क्रसबारबाट गोलरक्षक भिकारियोको हातमा लागेर गोल भएपछि फ्रान्सले अग्रता दोब्बर बनायो ।

त्यसको दुई मिनेटपछि फेडेरिको डिमार्कोले उपलब्ध गराएको बलमा कामबियासोले गोल गर्दै इटालीलाई खेलमा फर्काउने प्रयास गरे। तर, ६५औं मिनेटमा पुनः डिग्नेकै फ्रिकिकमा राबियटले हेडिङ गर्दै फ्रान्सको ३–१ को जित दिलाए।