बराबरीपछि पोर्चुगल र क्रोएसिया दुवै नेसन्स लिगको क्वाटरफाइनलमा

19 Nov, 2024
Share:
117 Shares

नेसन्स लिगको समूहको अन्तिम खेलमा पोर्चुगल र क्रोएसियाले बरारबी खेलेका छन्। सोमबार राति भएको खेल १–१को बराबरीमा सकिएको हो।

यो बराबरीपछि दुवै टिम नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। लिग एको ग्रुप १ मा पोर्चुगल अपराजित रहँदै १४ अंकसहित शीर्ष स्थानमा रह्यो भने क्रोएसिया ८ अंकसहित दोस्रो स्थाना रह्यो।

यो समूहमा ७ अंक जोडेको स्कटल्यान्ड तेस्रो हुँदै लिग एमै हरँदा पोल्यान्ड भने लिग बीमा झरेको छ।

सोमबार राति पोर्चुगलले आफ्नो पहिलो रोचाईका अधिकांश खेलाडीलाई अराम दिएको थियो। उसले क्रिस्टियानो रोनाल्डो, बर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेसलगायतलाई आराम दिएको थियो।

३३ औं मिनेटमा भिटिन्हाको लामो पासमा जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।

तर, ६५ औं मिनेटमा मारियो पासालिचको कर्नरमा जस्को ग्वार्डिओलले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।