नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स रोकिए

20 Nov, 2024
Share:
117 Shares

युईएफए नेसन्स लिगमा जर्मनीले बराबरी खेलेको छ। मंगलबार राति भएको खेलमा जर्मनी हंगेरीसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

पुस्कार एरिना बुडापेस्टमा भएको खेलमा सुरुआती अग्रता जर्मनीले लियो। ७६औं मिनेटम फेलिक्स मेचाले गोल गरेका थिए। यो उनको जर्मनीको लागि पहिलो गोल हो।

इन्जुरी समयको नवौं मिनेटमा हंगेरीले बराबरी गोल फर्कायो। प्राप्त पेनाल्टीमा उसका डोमिनिक सोबोस्लाइले गोल गरेका थिए।

यस्तै, यही समूहको अर्को खेलमा नेदरल्यान्ड्स बोस्निया एन्ड हजगोविनासँग १–१ कै बराबरीमा रोकियो। खेलमा नेदरल्यान्ड्सका ब्रिन ब्रोबीले गोल गरे भने बोस्नियाका इर्मैदिन डेमिरोविकले गोल गरेका थिए।

लिग एको समूह ३बाट जर्मनी समूह विजेता र नेदरल्यान्ड्स उपविजेताका रुपमा क्वार्टरफाइनल पुगेका छन्। हंगेरी लिग एमा रहँदा बोस्निया तल्लो लिगमा घटुवा भएको छ।