फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियो, अर्जेन्टिना शीर्ष स्थामै

29 Nov, 2024

नेपाल फिफा वरियतामा एक स्थान माथि उक्लिएको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान माथि उक्लँदै १७५औं स्थानमा पुगेको छ।

नोभेम्बर महिनाको सुरूवातमा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अंक ९३५ थियो। अहिलेको नयाँ वरियतामा नेपालले ३ अंक थप्दै ९३८ बनाएको ।

यसै महिना भएको २ मैत्रीपूर्ण खेल मध्ये एक खेले जितेपछि नेपालले एक स्थान सुधार गरेको हो। नेपाल ताजिकिस्तानसँग पराजित हुँदा अफगानिस्तानलाई २–०ले हराउको थियो ।

आफूभन्दा माथिल्लो वरियताको टिमलाई हराएकोले नेपालले अंक जोडेको हो।

दक्षिण एसियामा भारत सबैभन्दा अघि १२७औं स्थानमा छ भने माल्दिभ्स १६२औं स्थानमा छ। बंगलादेश, श्रीलंका, भुटान र पाकिस्तान नेपालभन्दा पछि छन्।

फिफ वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ। यस्तै, वरियतामा फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंग्ल्याण्ड चौथो र ब्राजिल पाँचौं स्थानमा छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]