
नेपाल सुपर लिग : दोस्रो संस्करण चैत अन्तिम साता, तीन टिम थपिने, दुई मैदानमा खेलाइने
Read Time:1 Minute
नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैत तेस्रो साताबाट बाट सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले प्रतियोगिता चैत २६ गतेबाट सुरु गर्ने जनाएको छ।
चैत २६ बाट सुरु हुने प्रतियोगिता जेठ ७ गतेसम्म चल्ने छ।
अयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले यो पटकबाट टिमको संख्या बढाउने निर्णय पनि गरेको छ। पहिलो संस्करणमा ७ टिम सहभागी प्रतियोगितामा यो पटकबाट १० टिम सहभागी हुनेछन्।
यसअघि दशरथ रंगशालामा मात्र आयोजना भएको प्रतियोगिता यो पटकबाट पोखरामा पनि आयोजना हुने छ । प्रतियोगिताका सुरुआती खेलहरु पोखरामा हुने र त्यसपछिका खेला दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ।
नेपाल सुपर लिगको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । नयाँ थपिने ३ टिमको लागि आयोजकले फेब्रुअरीमा अक्सन आव्हान गर्ने जनाएको छ ।