नेपाल सुपर लिगको अक्सनमा १५८ खेलाडीमाथि बोली लाग्ने

नेपाल पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को अक्सनमा १ सय ५८ खेलाडीमाथि ७ फ्रेन्चाइज टिमले बोली लगाउने भएका छन्। अक्सनको तीन श्रेणीमा १ सय ५८ खेलाडीले आफ्ना नाम दर्ता गराएको नेपाल स्पोटर्स एण्ड म्यानेजमेन्टले जनाएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा नेपाल स्पोटर्स एण्ड म्यानेजमेन्टले आयोजना गर्न लागेको प्रतियोगिताको अक्सन शुक्रबार हुँदै छ । अक्सन शुक्रबार दिउँसाे ११ बजेदेखि एपिवान एचडीबाट लाइभ हुने छ।

अक्सनका लागि खेलाडीलाई तीन क्याटेगारीमा छुट्याइएको छ । जसमा राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका ३५ खेलाडी ए श्रेणीमा छन् भने बी श्रेणीमा ६५ जना र सी श्रेणीमा ५८ जना खेलाडीले नाम दर्ता गराएका छन् ।

अक्सनबाट प्रत्येक टिमले २० लागि खेलाडी लिने छन् । एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् भने एकैपटक दुई खेलाडीमात्र खेलाउन पाउने छन् ।

प्रतियोगितामा सात प्रदेशका सात टिम सहभागी हुन् छन्। जसमा धनगढी एफसी, विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी छन् ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ । एनएसएलमा देशभरका ७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.