अन्जन उत्कृष्ट स्ट्राइकर, विश्वास इमर्जिङ प्लेयर

पहिलो संस्करणको नेपाल सुपर लिग आजबाट सकिएको छ। शनिबार साँझ दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–०ले हराउँदै काठमाडौं रेजर्स च्याम्पियन बनेसँगै सुपर लिग सकिएको हो।

२१ दिनसम्म चलेको प्रतियोगितामा ललितपुर सिटी एफसीका अन्जन विष्ट उत्कृष्ट स्ट्राइकर घोषित भए । मार्की खेलाडीका रुपमा ललितपुरमा आबद्ध भएका उलने प्रतियोगितामा ४ गोल गरेका थिए। उनको टिम ललितपुर दोस्रो प्लेअफमा काठमाडौंसँग पराजित हुँदै फाइनल पुग्न असफल भएको थियो।

यस्तै, उत्कृष्ट मिडफिल्डर काठमाडौंका मेसुको ओलोमोउ भए । प्रतियोगितामा एक ह्याट्रिकसहित कुल ८ गोल गरेका उनले फाइनलमा पनि काठमाडौंका लागि निर्णायक गोल गरेका थिए।

उत्कृष्ट गोलकिपर र डिफेन्डरको अवार्ड भने धगनढीका खेलाडी प्राप्त गरे । उत्कृष्ट गोलकिपर किरण चेम्जोङ बने भने उत्कृष्ट डिफेन्डर दिनेश राजवंशी बने । दुवै नेपाली राष्ट्रिय टिमका सदस्य हुन् । उत्कृष्ट प्रशिक्षक काठमाडौंका बालगोपाल महर्जन बने । विधागत रुपमा उत्कृष्ट खेलाडीले जनही १ लाख रुपैयाँ प्राप्त गरे ।

यसैगरी च्याम्पियन काठमाडौंका विश्वास श्रेष्ठ प्रतियोगिताका इमर्जिङ प्लेयर घोषित भए । स्ट्राइकर विश्वास प्रतियोगिता भर लेफ्ट ब्याकको भूमिकामा थिए । उनले ५० हजार रुपैयाँ प्राप्त गरे । एलिमिनेटरसम्मको यात्रा तय गरेको बुटबल लुम्बिनी एफसीले फेयर प्ले अवार्ड प्राप्त ग¥यो।

च्याम्पियन काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ प्राप्त गर्‍यो भने धनगढीले १५ लाख रुपैयाँमा चित्त बुझायो । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Facebook Comments Box