बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा

Read Time:3 Minute

बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा गरिएको छ । कात्तिक २८ र मंसिर २ गते हुने २ खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले २५ सदस्यीय टिम घोषणा गरेको हो ।

एन्फाले बंगादेश जाने नेपाली टिमलाई बुधबार नै विदाई पनि गरेको छ । एन्फाले त्रिपुरेश्वरस्थित दशरथ रंगालामा बिदाई गरेको हो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ लगायतले खेलाडीहरुलाई विदाइ गरेका थिए ।

२५ खेलाडी र ७ अफिसियलसहित ३२ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गर्नेछ । चोटका कारण रोहित चन्द बंगलादेश जाने टोलीमा छैनन् । यस्तै ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाइएकोमा ८ खेलाडीलाई कोरोना संक्रमण भएपछि उनीहरु पनि टिममा छैनन् र आइसोलेसनमा बसिरहेका छन् ।

नेपाली टिमको मुख्य प्रशिक्षक योहान कालिन हाल आफ्नै देश स्वीडेनमा रहेकोले बंगलादेश विरुद्धको खेलका लागि एन्फाले बालगोपाल महर्जनलाई अन्तरिम प्रशिक्षक बनाएको छ । यस्तै किरण श्रेष्ठले उनलाई सघाउनेछन् भने विकास मल्ल गोलकिपिङ प्रशिक्षकको रुपमा छन् ।

बंगलादेशसँग मैत्रीपूर्ण खेल्ने पक्का भएपछि राष्ट्रिय खेलकुद परिषदको अनुमतिसहित एन्फाले दशरथ रंगशालमा प्रशिक्षण सुरुवात गरेको थियो । बुधबारको प्रशिक्षणपछि प्रशिक्षक महर्जनले नेपाली टिमको फिट्नेस लगायत अन्य क्षेत्रमा पनि केही सुधार भएको बताएका छन् । साथै उनले कोरोना महामारीपछि खेल्न लागेको यो पहिलो खेललाई लिएर अनौठो महसुस भएको बताए । गत वर्ष नोभेम्बरमा विश्वकप छनोट अन्तर्गत भुटानमा कुवेत विरुद्ध खेलेयता नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो पटक खेल खेल्न लागेको हो ।

नेपाली टिम : अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवाल, सरोज दाहाल, सेसेहाङ आङदम्बे, सुबास गुरुङ, सुजन श्रेष्ठ, सुमल अर्याल, तेज तामाङ र छिरिङ गुरुङ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

One thought on “बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिमको घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ‘डगआउट’मै खुम्चिए सन्दीप
Next post च्याम्पिन्स लिगमा पिएसजी र म्यान्चेस्टर युनाइटेड पराजित
Close