यू-१७ साफ च्याम्पियनसिप र यू-२० एसियन कप छनोटका लागि नेपाली टिमको बिदाई

17 Sep, 2024

यू–१७ साफ च्याम्पियनसिप २०२४ का लागि भुटान जाने र यू–२० एसियन कप छनोटका लागि ताइपेइ जाने नेपाली फुटबल टिमको बिदाई गरिएकोछ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रामा यू–१७ र यू–२० बाट राष्ट्रिय टिमलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बिदाई गरे।

सो अवसरमा खेलकुदमन्त्री चौधरीले कमी कमजोरीलाई सुधार गर्दै आफ्नो क्षमता प्रदर्शन गर्न शुभकामना दिएका छन् ।
‘तपाईहरु जुन खेलको लागि जादैँ हुनुहुन्छ त्यहाँ आफ्नो व्यक्तिगत प्रतिनिधित्व गर्न होइन नेपालको प्रतिनिधि भएर जादैँ हुनुहुन्छ,’ उनले भने, ‘गौरव गर्न लायकको इतिहासलाई आधार बनाएर खेल्न र आफ्नो क्षमता प्रदर्शन गर्न शुभकामना दिन चाहन्छु।’

उनले दशरथ रङ्गशालाको काम छिटोभन्दा छिटो सम्पन्न गरेर हस्तान्तरण गर्ने कोशिसमा रहेको पनि बताए। उनले भने, ‘दशरथ रङ्गशालाको कुरा चर्चामा आइरहेको छ। म विश्वास दिलाउन चाहन्छु छिटोभन्दा छिटो रंगशाला हस्तान्तरण गर्ने कोशिसमा छु।’

भुटानमा हुने च्याम्पियनसिपमा यू–१७ साफमा नेपाल समूह बीमा परेको छ। यो समूहमा नेपालसँगै पाकिस्तान, श्रीलंका र आयोजक भुटान छन्।

नेपालले पहिलो खेल पाकिस्तानसँग सेप्टेम्बर २१ मा खेल्नेछ भने दोस्रो खेल सेप्टेम्बर २३मा श्रीलंका र अन्तिम खेल सेप्टेम्बर २५मा आयोजक भुटानसँग खेल्ने छ। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्ने छन्।

यस्तै, यू–२० एसियन कप क्वालिफायरमा पनि नेपाल समूह बीमै छ। यो समूहमा उज्बेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडिया छन्।

यसमा नेपालले सेप्टेम्बर २१मा कम्बोडियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। नेपालले सेप्टेम्बर २३मा चाइनिज ताइपेइ, सेप्टेम्बर २५मा उज्बेकिस्तान, २७ सेप्टेम्बरमा बहराइनसँग खेल्ने तालिका छ।

छनोटमा सहभागी ४५ टिमलाई १० समूहमा विभाजन गरिएको छ। जसमा शीर्ष स्थानमा रहने १० र दोस्रो हुने उत्कृष्ट ५ टिम यू–२० एसियन कपका लागि छनोट हुनेछन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]